आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चोटका कारण गण्डकीका प्रेमले नवौं गुमाउने

चोटका कारण गण्डकीका प्रेमले नवौं गुमाउने


  • विजय नेपाली
  • असोज २८ २०७९, शुक्रबार

पोखरा/गण्डकी प्रदेशको पुरुष भलिबल टोेलीका मिडल ब्लकर प्रेम कुमालले खुट्टा भाँचिएपछि नवौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् ।

शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा बागमती प्रदेशविरुद्ध भएको खेलमा प्रेमले चोट बोकेका थिए । खेलको तेस्रो सेटमा उनको देव्रे खुट्टामा चोट लागेको थियो । उनी कोर्टमा लड्दा आफ्नै टोलीका खेलाडी उनीमाथि लडेका थिए ।

गण्डकीका प्रशिक्षक रमेश केसीले उनको दुई वटा हड्डी भाँचिएको जानकारी दिए । ‘प्रेमको देव्रे खुट्टाको दुई वटा हड्डी भाँचिएको छ । चोट लागेपछि कोर्टबाट नै अन्नपूर्ण अस्पतालमा लगेका थियौं ।

परिक्षण गरेपछि चोट हेरेर प्लास्टर लगाएपछि होटेलमा नै ल्याएर राखिएको छ,’ केसीले भने । गण्डकीले खेल जित्दै समूह विजेता बनेपनि अब प्रेमले बाँकी खेल गुमाउने छन् । उनलाई ठिक हुन डेढ महिना लाग्ने बुझिएको छ ।

बागमती प्रदेशलाई ३–१ ले हराउँदै समूह डीको विजेता बनेको हो । समूह डीको खेल अघि नै दुवै टोली क्वार्टफाइनल पुगिसकेका थिए । गण्डकीले बागमतीलाई २५–२०,१५–२५,२५–१८ र २५–१३ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->