बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा चुनाव प्रचार गर्ने प्रधानाध्यापक तिवारीसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

पर्वतमा चुनाव प्रचार गर्ने प्रधानाध्यापक तिवारीसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


  • ढोरपाटन संवाददाता
  • असोज ३१ २०७९, सोमबार

पोखरा/ पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीले निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको छ ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा जारी विज्ञप्तिमा फलेवास नगरपालिका वडा नं ४ मा रहेको विद्यालयका प्रधानाध्यापक तिवारीले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिताविपरीत आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरी भोट मागी चुनावी प्रचारप्रसार गरेको उल्लेख छ ।

विज्ञप्तिअनुसार असोज ३० गते बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले तिवारीले आफैं उपस्थित भई लिखित स्पष्टीकरण दिनुपर्ने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारबाही किन गर्न नपर्ने हो, २४ घण्टाभित्र जिल्ला निर्वाचन कार्यालय पर्वतमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष आफैं उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न स्पष्टीकरण माग गरी कारबाही प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->