आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन

आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • असोज ३१ २०७९, सोमबार

पोखरा/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

पोखरा सभागृह हलमा भएको खेलमा समग्रमा ५९ अंकसहित आर्मी टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो ।

यस्तै आयाजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक÷एक स्वर्ण जितेको छ । टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो ।

प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित २ रजत र २ कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कास्य जितेको छ । कर्णाली प्रदेश पदक बिहिन बन्दा सुदरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु परेको हो ।

प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गरेका थिए ।

यस्तै महिलाहरुले खुल्ला र महिला फिजिक्स खुल्लामा प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पधा भएको थियो ।

२ दिनसम्म चलेको खेलमा पहिलो दिन ५ र दोस्रोदिन महिलाको २ सहित ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->