बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीन सिग्देललाई

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीन सिग्देललाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७९, मंगलबार

पोखरा/ प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ ।

पूर्णप्रसाद बराल तथा मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो ।

युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए ।

पुरस्कार राशि २५ हजार ५ सय २५ रुपैयाँ र सम्मानपत्र छ । ३ लाख रुपैयाँ अक्षयकोषबाट प्रत्येक २ वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । यसअघि सो पुरस्कार पत्रकार राजबहादुर गुरुङ र हिमनिधि लौडारीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->