आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

गण्डकीलाई हराउँदै आर्मी फाइनलमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७९, मंगलबार

पोखरा / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै अग्रता दिलाए ।

उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए । आर्मीले खेलको सुरुवात देखी गण्डकीलाई दबाबमा राखेपनि पाएको अवसरको उचित सदुपयो गर्न नसक्दा १–० मै चित्त बुझाउन बाध्य भएको हो ।

आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।

यस्तै मंगलबार नै समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->