शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

चुनावी अभियान तिब्र बनाउँदै बागलुङ एमाले

चुनावी अभियान तिब्र बनाउँदै बागलुङ एमाले


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७९, मंगलबार

बागलुङ/नेकपा एमाले बागलुङले तिहारअघि नै प्रारम्भिक चरणको भेटघाट सकिने गरी चुनावी अभियानलाई तिब्र बनाएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गठन भएका निर्वाचन परिचालन कमिटी र एमालेको मौजुदा पालिका तथा वडा कमिटिहरुलाई थप सक्रिय बनाईएको हो ।

सत्ता गठबन्धनबिरुद्ध एमाले बलियो गरी जनाताका बीचमा जाने भएकाले सबै तहबाट निर्वाचन परिचालनका काम भैरहेको एमाले जिल्ला सचिव बिष्णु भुसालले बताए । उमेद्वारहरु बिहानैदेखि रातीसम्म सर्वसाधारणको घरमा पुगिरहेका छन्भने पालिका र वडा कमिटि र जनसंगठनहरुले बैठक, भेला तथा अन्तरक्रियात्मक कार्यक्रम गरिरहेका छन् ।

एमालेले जिल्लाभरी नै उमेद्वारसहित र उमेद्वार बाहेकका घर दैलो अभियान सञ्चालन गरीरहेको छ । बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभाका उमेद्वार डा.सूर्य पाठक र प्रदेशसभा ‘क’का उमेद्वार हिरा बहादुर केसी सहितको समुहले मंगलबार बागलुङ नगरपालिका–१ र २ मा घरदैलो गरेका छन् । घरदैलोमा पुगेका उमेद्वार पाठकले राष्ट्रियताको रक्षा र देशको समग्र विकासका लागि एमालेलाई मत दिन आग्रह गरे ।

प्रदेशसभा ‘क’का उमेद्वार हिराबहादुर केसीले एमालेका जुझारु युवा उमेद्वारको हार जितको फैसला जनताको हातमा रहेको भन्दै जनताले सुशार गर्नपर्ने बेला भएका उमेद्वारको साटो जनताको सुसार गर्ने उमेद्वार छनोट गर्न आग्रह गरे ।

बागलुङ क्षेत्र नं. २ प्रतिनिधिसभामा एमाले उमेद्वार मञ्जु शर्मा चालिसे र प्रदेशसभा ‘ख’का उमेद्वार लक्ष्मण पुनले निसीखोला गाउँपालिका–३ ढुवाखोलामा घरदैलो गरेका छन् । जनताले चाहेका उमेद्वार एमालेले प्रस्तुत गरेको भन्दै उनीहरुले जुजारु उमेद्वारलाई जिताउन आग्रह गरे ।

घरदैलो तथा भेटघाटमा एमाले जिल्ला इञ्चार्ज गोबिन्द नेपालीले यो निर्वाचन एमाले र गठबन्धनबीच राष्ट्रियता पक्षधर र विरोधीको लडाईं भएको बताए । उनले भिजिटर उमेद्वारले सम्बन्धित क्षेत्रको विकास गर्न नसक्ने भएकाले सोही अनुसारको मत दिन आग्रह गरे । बागलुङ क्षेत्र नं. १ प्रदेसभा ‘ख’का उमेद्वार नवराज पौडेलले जैमिनी नगरपालिका–२ र ३ दमेकमा घरदैलो गरेका छन् । उनले जनताको नजिकमा रहेर जनचाहना अनुसारको बिकासका लागि आँफु उमेद्वार बनेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->