आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सानदार जितसंगै एपिएफ फाइनलमा

सानदार जितसंगै एपिएफ फाइनलमा


  • Dhorpatan News
  • कार्तिक १ २०७९, मंगलबार

पोखरा नवौं राष्ट्रिय खेलकदु प्रतियोगितमा एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलको दोस्रोमा हाफमा उत्कृष्ट प्रदर्शन गर्दा एपिएफले सानदार जित निकालेको हो ।

खेलको आठौं मिनेटमा एपिएफले पेनाल्टि मार्फत गोल गर्दै अग्रता लिएको हो । सुदुरपश्चिमका डिफेन्डर विमल ओलीले एपिएफका हरि कार्कीलाई पेनाल्टि क्षेत्रमा लडाएपछि पेनाल्टिको अवसर प्राप्त गरेको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै नविन लामाले गोल गरे ।

१० औं मिनेटमा सुदुरपश्चिमका कप्तान कुवेश सिंहको प्रहार बाहिरिदा बराबरी गोल गर्नबाट चुक्यो । १३ औं मिनेटमा एपिएफका प्रदिप लामाले आफ्नो डिफेन्सलाइनबाट एक्लै अघि बढाएर प्रहार गर्न खोजेपनि असफल रहे । नविन लामा र हरि कार्की नजिकै रहेपनि उनले पास नदिदाँ अग्रता दोब्बर गर्नबाट चुक्यो ।

२३ औं मिनेटमा सुदुरपश्चिमका कप्तान कुवेश सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए । ओमप्रकाश चौधरीको पासमा धनराज थापाको हेड पासमा उत्कृष्ट गोल गरे ।

५० औं मिनेटमा प्रदिप लामाले टोलीको अग्रता दोब्बर पारे । सनिस श्रेष्ठको पासमा उनले उत्कृष्ट गोल गरे । यस्तै ६२ औं मिनेटमा नविन लामाको पासमा विकु तामाङले गोल गरे ।

६७ औं मिनेटमा प्रदिप लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को स्थितिमा पु¥याए । उनले विकुको पासमा गोल गरे । खेलको ८९ औं मिनेटमा हरि कार्कीले गोल गरे ।

एपिएफले बिहिबार पोखरा रंगशालामा त्रिभुवन आर्मीसँग फाइनल खेल खेल्ने छ । त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई १–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो । बिहिबार पहिला तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिम प्रदेशबीच पहिले खेल हुनेछ भने स्वर्णका लागि दोस्रो खेल हुनेछ ।

एपिएफले सुदुरपश्चिममाथि ५–१ को सानदार जित निकाल्दै फाइनमा आमीैसँगको भेट पक्का गरेको छ । पहिलो हाफ १–१ गोलको बराबरी खेलेको एपिएफले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दा सानदार जित हासिल गरेको हो ।

एपिएफको जितमा प्रदिप लामाले २, नविन लामाले १,विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे । एपिएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदुरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहिबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ । बिहिबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिम बीच पहिलो खेल हुनेछ । प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो । ७ प्रदेश सहित ३ विभागिय र १ एनआरएनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->