आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आर्मीले ७४ स्वर्ण जित्दा गण्डकीको १२ स्वर्ण

आर्मीले ७४ स्वर्ण जित्दा गण्डकीको १२ स्वर्ण


  • ढोरपाटन सम्वाददाता
  • कार्तिक १ २०७९, मंगलबार

पोखरा गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।

हालसम्म ६ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदक सहित कुल १६० पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ ।

 

पुलिसले ३० स्वर्ण, २४ रजत र ३७ कास्यपदक सहित ९१ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ काँस्य पदक सहित कुल १०२ पदक हात परेको छ ।

यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कास्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदक सहित ५३ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता सुदुर पश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत, १६ कास्य सहित २६ पदक, एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कास्य पदक सहित २४ पदक, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० कास्य सहित ४७ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कास्य सहित ३१ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ३ कास्य पदक सहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->