सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा


  • ढोरपाटन सम्वाददाता
  • कार्तिक १ २०७९, मंगलबार

पोखरा/ पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत विधामा पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनलमा प्रवेश गरेका छन् ।

नेपालको नं १ बरियताका खड्काले एपिएफका सन्तोष खत्रीलाई ६–१,६–१ सेटमा पाखा लगाउँदै फाइनलमा स्थान बनाएका हुन् ।
त्यसैगरी एनआरएनका हाडाले सेनाका प्रनभ खनालमाथि ६–३,६–० सेटको जित निकाल्दै फाइनल प्रवेश गरेका हुन् । सेनाका खनाल नेपालको दोस्रो बरियताका खेलाडी हुन् ।

यसैगरी महिला एकलतर्फ नेपालको पहिलो बरियता खेलाडी अविलाशा विष्टले ६–०,६–१ को सेटमा बागमतीकी रायना शाहलाई हराउँदै फाइनल प्रवेश गरिन् । सेनाकी इरा रावतले बागमतीका प्रकृति श्रेष्ठलाई ६–२,७–५ को सेटले हराउँदै फाइनलमा अविलाशासँगको भेट पक्का गरेकी हुन् ।

पुरुषडबल्सतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल शाहीको जोडीले बागमतीका निशान श्रेष्ठ र प्रितम परियारको जोडीलाई ४–६, ,६–० र १०–५ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।

दोस्रो खेलमा सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीले गण्डकीका आशिष खड्का र सौगात विकको जोडीलाई ७–२, ,२–६ र १०–७ को सेटमा पाखा लगाए ।

मिक्सडबल्सतर्फ सेनाका प्रनभ र अविलाशाको जोडी फाइनल पुगेको छ । उनीहरुले गण्डकीका अनिल र प्रिति बरालको जोडीमाथि ६–०,६–१ को सेटले हराएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->