सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल पुलिस टिम च्याम्पियन

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल पुलिस टिम च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

पोखरा /नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबल टेनिसमा नेपाल पुलिस ६ स्वर्णसहित टिम च्याम्पियन बन्न सफल भएको छ ।

पुलिसले ६ स्वर्ण, २ रजत र ४ काँस्य सहित कुल १२ पदक जित्दै च्याम्पियन बनको हो । एपिएफले १ स्वर्ण, ४ रजत र १ काँस्य सहित कुल ६ पदक प्राप्त ग¥यो ।

त्यस्तै बागमती प्रदेश १ रजत र २ काँस्य सहित कुल ३ पदकसाथ तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा आर्मीले २ काँस्य, एनआरएनएले २ काँस्य, प्रदेश १ ले २ काँस्य र गण्डकी प्रदेशले १ काँस्य पदक हात पारेका छन् ।

बुधबार नै सम्पन्न महिला एकल विधातर्फ नेपाल पुलिसकी नवीता श्रेष्ठले स्वर्ण हात पारिन् । उनले पुलिसकै एलिना महर्जनलाई ४–३ को सेटमा हराउँदै स्वर्ण जितेकी हुन् ।

उनले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को सेटमा हराउँदा महर्जनले रजतमै चित्त बुझाइन् । एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले काँस्य पदक हासिल गरे ।

यस्तै पुरुष एकलतर्फ पुलिसका स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए । उनले एपीएफका रुविन महर्जनलाई ४–१ को सेटमा पाखा लगाउँदै स्वर्ण हात पारे । उनले ११–८, ११–७, ११–९, ६–११, ११–६ को सेटमा हराएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->