सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्न्याचमा विद्याको कीर्तिमान

स्न्याचमा विद्याको कीर्तिमान


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भारोत्तोलनको स्न्याच विधामा नेपाल पुलिसकी विद्या राईले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गर्दै कीर्तिमान कायम गरेकी हुन् ।

पुलिसकै जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् ।

उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् । एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य पदक जितिन् ।

शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरिन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाईन् ।

यस्तै महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई भारोत्तोलन तर्फ पहिलो स्वर्ण दिलाएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->