सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

पोखरा/पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै्र विभागीय डर्बीमा आर्मीले बाजी मा¥यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो ।

सेमिफाइनलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट भने २१–२५ ले पुलिसलाई सुम्पियो ।

तेस्रो र चौंथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात पार्दै आर्मीले उपाधि दाबेदारको यात्रा तय ग¥यो । घरेलु मैदानमा खचाखच दर्शकको साथ पाउँदापाउँदै गण्डकी फाइनलबाट बञ्चित हुन पुग्यो ।

विभागीय टिम एपीएफसँग गण्डकीले तीनवटै सेट गुमायो । एपीएफले २५–२१ ले पहिलो सेट ल्याउँदा दोस्रो सेटको जित भने कठिनपूर्ण बन्यो ।

प्रतिस्पर्धात्मक दोस्रो सेट २७–२५ ले गण्डकीलाई पराजित ग¥यो । तेस्रो सेटमा गण्डकीको खेल खस्किँदा एपीएफले २५–१२ मै समेट्यो ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बिहीबार पुरुष भलिबलको फाइनलमा विभागीय डर्बीमा प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->