सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नवौं राष्ट्रिय खेलकुद : डोपिङका लागि ४० जना खेलाडीको नमूना संकलन

नवौं राष्ट्रिय खेलकुद : डोपिङका लागि ४० जना खेलाडीको नमूना संकलन


  • विजय नेपाली
  • कार्तिक ३ २०७९, बिहिबार

पोखरा/ गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४० जना खेलाडीको एन्टी डोपिङका लागि नमूना संकलन गरिएको छ । प्रतिबन्धित औषधी तथा उपायहरु प्रयोग गरेको हो या होइन् भनि डोपिङ संकलन गरेको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक यति ठूलो मात्रामा डोपिङ परिक्षणका लागि ४० नमूना संकलन गरि कतार पठाइएको हो । एन्टि डोपिङ कमिटिका सचिव डा। ज्ञानेन्द्र विक्रम शाहले विभिन्न खेलका ४० नमूना संकलन गरि कतारका लागि पठाएको जानकारी दिए ।

‘हामीले विभिन्न खेलका खेलाडीको नमूना संकलन गरेका हौँ । हामीले २ स्टेशन बनाएर नमुना संकलन गराएका हौँ’ उनले भने,‘पौडीको खेल टाढा भएकाले फिस्टेल एकेडेमीमा र बुद्धचोक स्थित होटल टाक्स इन्टरनेशनलमा अर्को स्टेशन राखेका थियौँं ।’

पोखरामा संकलन गरेको नमूनालाई सुरक्षित तरिकाले काठमाडौं पठाइएको र आज कतार लाने उनले जानकारी दिए । विश्वभरका एन्टी डोपिङ परीक्षण कतारमा हुन्छ । सोही प्रयोगशालामा ४० नमूना संकलन पठाइएको हो ।

‘यस्को आफ्नौ ल्याब हुन्छ । त्यो ल्याब भनेको कतारमा छ । हामीले सबै पोखराबाट पठाइसकेका छौँ । कुरियर गरेर पठाउँछौँ । आज काठमाण्डौं होला अब कतार जान्छ ।’ बढी रकम दिएमा ४८ घण्टाभित्र प्रतिवेदन ९रिपोर्ट ० निस्किने उनले बताए । एन्टी डोपिङ पोजेटिभ आएमा नेपाल ओलम्पिक कमिटिमा जानकारी आउने उनले बताए । डोपिङका लागि भारोत्तोलन, फेन्सिङ, ह्यान्डबल, एथलेटिक्स, फुल कन्ट्याक्ट कराँते, उसुका खेलाडीको डोपिङ परीक्षणका लागि नमूना पठाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->