सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सकियो नवौं खेलकुद आर्मी च्याम्पियन,प्रदेशमा गण्डकी प्रथम

सकियो नवौं खेलकुद आर्मी च्याम्पियन,प्रदेशमा गण्डकी प्रथम


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७९, बिहिबार

पोखरा/विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रिय पुरा गरेको हो ।

आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो ।

६५ स्वर्ण ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक सहित शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो स्थानमा रह्यो (एपिएफले जिम्न्यास्टिकमा २ स्वर्ण हासिल गरेको थियो), ६१ स्वर्ण ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक सहित नेपाल प्रहरी क्लव तेश्रो भएको छ ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरु मध्य पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित १ सय २० पदक सहित समग्रमा थौचो भएको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक सहित पाँचौं स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्य पदक सहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ ।

मधेष प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ । मधेष प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो ।

सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए ।

गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाण्डौंमा भएको थियो ।

कर्णाली प्रदेशलाई दशौंको झण्डा हस्तारन्तरण गर्दै नवौंको अन्त्य गरिएको थियो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा मंसिर दुई गतेदेखी ९ गतेसम्म संचालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->