बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘पिस पोस्टर कन्टेस्ट’ चित्रकला

‘पिस पोस्टर कन्टेस्ट’ चित्रकला


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७९, शुक्रबार

पोखरा/ शितलादेवी माध्यामिक विद्यालयका विद्यार्थीहरुका बीचमा ‘पिस पोस्टर कन्टेस्ट’ चित्रकला प्रतियोगिता गरिएको छ । लायन्स क्लबको आयोजनामा पोखरा महानगर पालिका– १२ मा रहेको विद्यालयले शुक्रबार विद्याथिहरुका बीच‘पिस पोस्टर कन्टेस्ट’ नामक चित्रकला प्रतियोगिता गरेको हो । कार्यक्रममा १४ प्रतियोगीले चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रहरु मध्यबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो । निस्चल सोमि मगर प्रथम, सन्ध्या सापकोटा द्वितिय र आकाश थापा तृतिय भए ।

उनीहरुले क्रमशः एक हजार, सात सय र पाँच सय रुपैयाँ पुरस्कार पाए । भीष्म सुबेदिको अध्यक्षतामा सन्चालन गरिएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी भक्तबहादुर केसिले कला संस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->