बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती

आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७९, आइतबार

काठमाडौं /कार्तिक कृष्ण त्रयोदशी अर्थात् आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती । उनकै जन्मदिन पारेर नेपाल र भारतमा यो दिन आरोग्य दिवस मनाइन्छ ।

धनवन्तरिको उत्पत्तिबारे पुराणमा यस्तो सन्दर्भ छ, देवता र दानव मिलेर समुन्द्र मन्थन गरे । यस क्रममा विभिन्न बहुमूल्य वस्तु उत्पत्ति भयो ।

धनधान्यकी देवी लक्ष्मी निस्किन् । हातमा अमृतको घडा लिएर धनवन्तरि निस्किए । उनले बोकेको घडाको अमृत सेवनपछि देवता अमर भए ।

शल्यशास्त्रमा निपुणलाई धनवन्तरि भनिन्छ । चेला अश्विनीकुमारमार्फत धनवन्तरिले आयुर्वेद विद्या फैलाएको बताइन्छ । कतै कतै धनवन्तरिलाई भगवान् विष्णुकै अवतार पनि मानिएको छ ।

नेपालमा सन् १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि धन्वन्तरि जयन्ती मनाउन थालिएको हो । आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ ।

सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद क्याम्पस , जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलगायतले विभिन्न कार्यक्रम गर्दैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->