पोखरा/लन टेनिसका प्रदीप खड्का असार अन्तिम साता काडमाडौं उडे । असोजमा गण्डकी प्रदेशमा खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण हुनेवाला थियो । प्रतियोगिता हुने भनिएपनि गण्डकीको तयारी भने शुन्य नै थियो । खेलाडी छनोट तथा बन्द प्रशिक्षणको नृत्यकर्मको थलानी नै भएको थिएन् ।
प्रदेशमै बसेर केही नहुनेभएछि लन टेनिस नेपाल वारियता नं.१ खेलाडी प्रदीप खड्का काठमाडौं पुगेका थिए । उनलाई कयौँ प्रस्ताव आउँदा समेत गण्डकीलाई छाड्न चाहेनन् । गण्डकीको शीर उचो बनाउनका लागि उनी व्यक्तिगत खर्चमै तयारीका लागि काठमाडौं उडेका थिए । उनी खेल्दै आइरहेको पोखरा रंगशालास्थित लन टेनिस कोर्टमा प्रशिक्षकको अभाव छैन् । देशकै उत्कृष्ट प्रशिक्षकहरु छन् । तर उनको स्तरका खेलाडी छैनन् । त्यसैले उनी आफ्नो स्तरका खेलाडी खोज्दै देशको राजधानी हानिए । उनको लक्ष्य नवौं राष्ट्रिय खेलकुदमा स्वर्णमा क्लिनसिट दिनुथियो । असारमा काठमाडौं पुगेका उनी असोजको १४ गतेमात्रै पोखरा उर्लिए । पोखराको बीचभागबाट बगिरहेको सेती नदी जसरी उनी टेनिसमा बगिरहे ।
उनले व्यक्तिगत स्पर्धामा २ र टिम इभेन्टमा १ स्वर्ण सहित कुल ३ स्वर्ण जिते । जुन स्वर्ण लन टेनिस पुरुषतर्फको इतिहास बन्न पुग्यो । लन टेनिस पुरुष तर्फ एकै खेलाडीले ३ स्वर्ण जितेको यो पहिलो पटक हो । १३ औं साग गेममा समेत लन टेनिसको इतिहासमा पहिलो पटक पदक दिलाएका प्रदीपले लन टेनिस पुरुष तर्फ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । सागमा कास्य विजेता उनले टेनिसमा पुरुष तर्फको विधामा एकै खेलाडीले सर्वाधि स्वर्ण जितेको कीर्तिमान कायम गरे । गण्डकीका लागि सर्वाधिक स्वर्ण भनेकै ३ वटा हो । प्रदीपसँगै आर्चरीका गंगा बहादुर कुँवरको पनि ३ स्वर्ण छ । कुँवरले एकल विधामा एक, मिक्स एक र टिममा एक ूवर्ण हासिल गरे । नवौंमा सर्वाधिक स्वर्ण विजेतामा क्लिनसिट बनाउनबाट प्रदीप चुके । प्रदीप पोखरामै बस्ने खेलाडी हुनभने कुँवर गण्डकीका पुराना खेलाडी भएपनि भारतीय सेना हुन् । ३ स्वर्ण जितेका प्रदीप आफ्नो खेलबाट सन्तुष्ट छन्,‘म मेरो खेलबाट सन्तुष्टी छु ।
मैले सहभागी हुन पाउने ३ वटै इभेन्टमा स्वर्ण जितेको छु’, उनले भने,‘काठमाडौंमा प्रशिक्षणका लागि नभएको भए रिजल्टमा फरक आउँथ्यो । यहाँ कोच राम्रा छन् तर मेरो लेभलको खेलाडी नै छैनन् ।’ कयौं खेलाडी अफर आएपछि विभिन्न क्लब वा विभागिय वा विदेशीने गरेपनि प्रदीप भने प्रदेशमै छन् । ‘म खेलेँ गण्डकीकै लागि खेल्छु । नत्र खेल्दिन । विदेश पनि जाँदिन्’ उनी रोजगारका लागि वैदेशिक रोजगारमा जाने सोँचमा भने छैनन् । उनीसँगैका कति खेलाडी रोजगारका लागि अन्यत्र भएपनि उनी भने नेपालमै रमाउन चाहान्छन् । अन्य खेलाडीको भन्दा उनको फरक धारणा छ । ‘राम्रो खेल्यो भने नेपालमै पनि सम्भावना छ । हामी नेपालबाटैपनि अन्तराष्ट्रिय स्तरसम्मको प्रशिक्षक बन्न सक्छौँ । खेलकुदलाई बुझ्ने हो भने यो भविष्य भएको क्षेत्र हो ।’ उनी नकरात्क सोँच राखेमा खेलमा समेत असर पर्ने बताउँछन् । राज्यको तर्फबाट खेलकुद क्षेत्रमा आवश्यक लगानी छैन् । खेलाडी आफ्नै बलमा खेल्ने हो ।
प्रदीपलाई जन्माएकै गण्डकीले हो । त्यसैले त उनी गण्डकीप्रति कुनैदिन नकरात्मक छैनन् । भलै खेलकुदलाई प्रदेश सरकारले हेरेको छैन् । उनले टेनिस खेल्न थालेको भने जम्मा १० वर्ष पुग्यो । यो १० वर्षमा उनको प्रगतीको उचाइ ह्वात्तै बढ्यो । विशाल समुन्द्रका छालहरु जसरी आइरहन्छ उसगरी उनको प्रदर्सनका छालहरुपनि आइरहेका छन् ।
८ वर्ष उमेरको हुँदा पोखरा ५ पस्र्याङ स्थित टेनिस कोर्टमा पैसा पाउने आशामा पुग्ने उनी किसानको छोरा हुन् । बुबाले अर्कै लिएर हिडेपछि उनको जिम्मेवारी आमाले नै बोकिन् । आमा प्रस्याङको फाँटमा खेतालो जाँदा देखेको टेनिस कोर्टबाट उनको खेल जिवनको यात्रा अघि बढेको हो ।
कोर्टमा टेनिस खेलिरहेको बेला बल बाहिर जान्थ्यो त्यही बल टिप्न उनी पुग्ने गर्थे । कहिलेकाहिँमात्र पुग्ने उनलाई त्यही टेनिस खेल्न आउने एक अग्रज खेलाडीले बोलाएपछि उनी गए । कोर्टभित्रै बल जम्मा गर्ने अर्थात् बल ब्वाइको रुपमा बस्दा बक्सिस (टिप्स) पाउने भएपछि उनी त्यतै लम्किए । सुरु सुरुमा शनिबार मात्र जाने उनी पढाइमा पनि अब्बल थिए । सरकारी विद्यालयमा पढ्ने उनको टेनिसले नै नयाँ मोड तय गराइदियो । टेनिसको लगाव बढ्दै जादाँ पढाइको लगाव घट्दै गयो । घरमा पनि दैनिक जसो गाली खानुपथ्र्यो । तर, सानो उमेर किसानको छोरा पैसा देखेपछि कस्को मान्नेथियो र घरमा बस्ने पढ्ने ? पढ्ने त त्यस्तै हो खेल्ने नै हो भन्ने उनको सोँचले उनलाई आज सफलता दिएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा डेब्यु गरेका उनले नवौंमा आउँदा स्वर्णमा ह्याट्रिक हाने । सातौंमा टिम इभेन्टमा स्वर्ण हासिल गरेका थिए आठौंमा डबल्स विधामा रजत, एकल विधामा कास्य, टिमतर्फ कास्य प्राप्त गरेका थिए । गण्डकीमा खेलाडी कमी हुनुमा उनी चिन्ता व्यक्त गर्छन् । ‘हाम्रो अहिले त्यति राम्रा खेलाडी भएनन् । अब हुने खेलका लागि पक्कै हुनेछन् । खेलाडीको वृद्धि हुन आवश्यक छ’ उनले भने । स्वर्ण विजेता प्रदीवको अबको यात्रा अनि लक्ष्य एसियन गेम्स हो । उनी अब एसियन खेलका लागि तयारीमा लागेका छन् ।
गण्डकीका स्वर्ण विजेता खेलाडीहरु
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेश पदक तालिकाको चौथों स्थानमा रह्यो । प्रदेशको हिसाबले हेर्दा गण्डकी प्रथम रह्यो । ३६ खेलमा सहभागिता जनाएको गण्डकी प्रदेशले १२ खेलमा मात्रै स्वर्ण पदक जित्न सफल रह्यो ।
गण्डकीको घरेलु मैदानमा भएको प्रतियोगितामा स्वर्णमा प्रदेशतर्फ पहिलो भएपनि कुल पदकका हिसाबले पाँचौ नम्बरमा छ । पहिलो दोस्रो र तेस्रो स्थानमा विभागीय क्लबको दबदबा रहँदा प्रदेशहरु भने विभाग पछि रह्यो । प्रदेशको मात्रै कुरा गर्दा गण्डकीको ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य छ । बागमतीको २४ स्वर्ण, ४७ रजत र ७४ कास्य छ । गण्डकीको कुल पदक १२० छ भने बागमतीको १४५ पदक छ । गण्डकीले लनटेनिसमा ३, आर्चरीमा ७, पुरुष ह्यान्डबल १, एथलेटिक्समा १, बास्केटबल १,शारिरीक सुगठनमा ३, बक्सिङमा १, साइक्लिङमा १, फुल कन्ट्याक्ट कराँतेमा ४, आइटिएफ तेक्वान्दोमा ५, प्याराग्लाइडिङमा ३, स्क्वासमा २ स्वर्ण प्राप्त गरेको हो ।
गण्डकीका लागि खेलाडीले प्राप्त गरेको सर्वाधिक स्वर्ण भनेको ३ हो । गण्डकीका लागि लन टेनिसका प्रदीप खड्का र आर्चरीका गंगा बहादुर कुँवरको समान ३÷३ स्वर्ण छ । गण्डकीका लागि महिला तर्फभने आर्चरीकी रोजिना मगरले सर्वाधिक २ स्वर्ण जितेकी छिन् ।
गण्डकीका लागि स्वर्ण एकभन्दाबढी स्वर्ण जित्ने खेलाडीमा लन टेनिसबाट प्रदीप खड्का ३, आर्चरी गंगा बहादुर कुँवर ३ स्वर्ण जितेका छन् । यस्तै टेनिसका अनिल साईले २, जागृत गुरुङ २, रोजिना मगर २, प्याराग्लाइडिङका सुमन थापा २, स्क्वासका अमृत थापाले २ स्वर्ण जितेका छन् ।





