सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ल्याम्ह पुचः रनिङशिल्ड फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः लाई

ल्याम्ह पुचः रनिङशिल्ड फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः लाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०७९, सोमबार

पोखरा/ तेस्रो रनिङशिल्ड तथा छैटौं ल्याम्ह पुचः फुटसलको उपाधि पृथ्वीचोक ल्याम्ह पुचः ले जितेको छ ।

महेन्द्रपुल ल्याम्ह पुचः को आयोजनामा भएको फुटसल लिगको फाइनलमा पृथ्वीचोकले हेम्जा ल्याम्ह पुचः लाई फाइनलमा ४–१ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

 

च्याम्पियन पृथ्वीचोकले नगद ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता हेम्जाले २० हजार रुपैयाँको साथमा शिल्डक मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

 

यस्तै तेस्रो भएको भीमसेनटोलले १० हजार रुपैयाँ प्राप्त ग¥यो । नेवार समुदायका युवाहरुबीच आपसी भाइचारको सम्बन्ध विकसित गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको थियो ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पृथ्वीचोकका विजय श्रेष्ठ घोषित भए । यस्तै पृथ्वीचोककै अजय श्रेष्ठ उत्कृष्ट एला, कृष्णराज भण्डारी उत्कृष्ट फिक्सो घोषित भए ।

 

हेम्जाका चार्लित श्रेष्ठ उत्कृष्ट गोलरक्षक र अंकित श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । प्रतियोगिताको अनुशाशीत टिम मोहोरिया ल्यह्मा पुचः घोषित भयो ।

 

ल्याम्ह पुच ः नेवार समुदायका युवाहरु बिच भाइचारा सम्बन्ध राख्न आयोजना गरिएको प्रतियोगिता शुक्रबारदेखी सुरु भएको थियो ।

 

शुक्रबार र शनिबार लिगचरणका खेलहरु भएका थिए । आइतबार सेमिफाइनल तथा फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक रोविन मानन्धरले जानकारी दिए ।

 

कोरोना महामाररीका कारण ३ वर्ष प्रतियोगिता आयोजना गर्न सकिएको थिएन । २०७४ सालदेखी रनिङशिल्ड सुरु गरिएको प्रतियोगिताको तेस्रो संस्करणमा कुल १५ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->