बागलुङ/आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउने उद्देश्यले पाँच दलीय गठबन्धनले आइतवार बागलुङमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी, राष्टिय जनमोर्चा, नेकपा एस र राष्ट्रिय समाजवादी पार्टी समेतको समाभा राजमो अध्यक्ष चित्रबहादुर केसीले नेपालबाट धर्म निरपेक्षता र गणतन्त्र हटाउने गरी कुटनीति भएकोले बचाउने अभियानमा जुट्न्ुपर्ने बेला भएको बताएका छन् । उनले बिदेशी शक्तीले देश भित्रका राजनीतिक दलमा छिरेर गणतन्त्र धरापमा पार्न खोजेको आरोप लगाए ।
बागलुङ नगर स्तरीय उक्त कार्यक्रममा ५ वटै दलका अगुवा कार्यकर्ता तथा नेता सहभागि थिए । सबै कार्यकर्तालाई केसीले निर्देशन दिंंदै आँफू र गठबन्धनले निर्वाचन जित्नैपर्ने बाध्यता रहेको बताए । उनले राजनीतिक कोर्षलाई सही मार्गमा हिडाउनपनि गठबन्धनको जित आवस्यक भएको उनको भनाइ थियो ।
कतिपय दलभित्रै नेपाललाइ हिन्दु राष्ट्र बनाउने र राजा फर्काउने अभियान रहेको भन्दै त्यस बिरुद्ध सशक्त आबाज उठाउनेहरु हराउन पाए खुसी हुनेहरु धेरै रहेको उनले बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना पनि गरेका थिए । राष्ट्रबादी जस्तो देखिएर ओलीले राष्ट्रियता र धर्म निरपेक्षतामाथीनै धोका दिएको केसीको टिप्पणी थियो । ‘म ओली सँगै थिए, उनलाई साथ दिएर हिडे, तर ३ बर्ष नबित्दै उनले साथ दिनेलाई लत्याए, देशको संविधानमाथी प्रहार गरे’ केसीले भने, ‘पाखा लागेको कांग्रेस सँग अहिले हिड्नु परेको छ ।’ ५ बर्ष सरकारमा नआउने गरी पाखा लागेको कांग्रेसलाई आउन बाध्य पार्ने ओली भएको उनले टिप्प्णी गरे ।
केसीले गठबन्धनको जित नै अहिलेको आवस्यकता भएको बताएका थिए । कार्यक्रममा कांग्रेस पूर्व सभापति तथा प्रदेश सभा सदस्यका उमेदवार दिपेन्द्रबहादुर थापाले सत्यको पक्षमा जनताले मतदान गर्ने बताए । उनले जनताको मत पाएर जनतालाई धोका दिएको भन्दै एमालेको आलोचना गरे । कांग्रेसले मतको सम्मान गर्ने धारणा राखेका थिए । कांग्रेस बागलुङ नगर समितिका सभापति उमाकान्त शर्मा बाबुको अध्यक्षता, राजमो नगर अध्यक्ष थानेश्वर सुवेदीको संचालन र माओवादी केन्द्र नगर अध्यक्ष रतनप्रसाद मलेपतिको स्वागतमा सम्पन्न कार्यक्रममा ५ दलका अगुवा कार्यकर्ताले पनि आसन्न निर्वाचनमा गठबन्धनको जित आवस्यक भएको दावी गरे ।





