बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

बगर भाइ खलक एट–ए साइड फुटबललाई हिमालयन बु्रअरीको प्रायोजन

बगर भाइ खलक एट–ए साइड फुटबललाई हिमालयन बु्रअरीको प्रायोजन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०७९, बुधबार

पोखरा / बगर भाई खलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितालाई हिमालयन बु्रअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।

चौधरी ग्रुपको मुख्य उत्पादनमध्येको एक हिमालयन ब्रुअरीले आगामी पाँच वर्षका लागि मुख्य प्रायोजन गर्ने भएको हो । मुख्य प्रायोजनका लागिसंस्थाका अध्यक्ष दिलबहादुर गुरुङ र हिमालयन बु्रअरी तथा सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरीले हस्ताक्षर गरेका छन् ।

चौधरी ग्रुप र बगर भाई खलकका बीच सम्पन्न गरिएको मुख्य प्रायोजनका लागि सर्पोट नेपाल युकेका संस्थापक सदस्य तथा सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङले भूमिका खेलेका थिए । हिमलायन ब्रुअरीले उक्त प्रतियोगिताका लागि हरेक वर्ष ५ लाख प्रायोजन गर्ने भएको हो ।

सो अवसरमा बोल्दै अरुण चौधरी फाउन्डेशन तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले खेलकुदमार्फत् समाज अभियानका लागि अघि बढेको संस्था संग मुख्य प्रायोजन गर्न पाउनु सुखद रहेको बताए । कार्यक्रम बोल्दै हिमालयन बु्रअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरीले बगर भाई खलक संग मुख्य प्रायोजन गर्न पाउनु आफ्नो उद्योगकालागि महत्वपूर्ण रहेको बताए । सो अवसरमा आफ्ना भनाई राख्दै सहारा युकेका संस्थापक अध्यक्ष तथा सर्पोट नेपाल युकेका संस्थापक सदस्य नविन गुरुङले दुवै संस्थाबीचको यो सम्बन्ध लामो समयसम्म रहने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->