तनहुँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लिएर सेलिब्रिटीहरु पनि राजनीतिक समूहमा खुल्न थालेका छन् । चर्चित लोकदोहोरी गायिका ज्योति मगर नेकपा एमालेका उम्मेदवारको पक्षमा भोट मागिरहेकी छन् ।
एमालेबाट तनहुँ क्षेत्र नम्बर १ (ख) का गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार पूर्णबहादुर गुरुङलाई उनले भोट मागिरहेकी छन् । केही दिनयतादेखि तनहुँमा रहेर ज्योति गीत गाउँदै उम्मेदवार गुरुङका लागि भेट माग्न सघाइरहेकी छन् । उनले यो क्षेत्रमा पर्ने देवघाट, आँबुखैरेनी लगायत ठाँउको घरदैलो अभियानमा गुरुङलाई साथ दिएकी छन् ।
ज्योतिका जिमल गाउँकी छोरी, साढे गोरु, ढाडे बिरालो, पिरतीमा दम छ लगायत गीत चर्चित छन् । ज्योति आफ्नो प्रस्तुति र गायन शैलीका कारण चर्चामा आइरहन्छिन् ।





