बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

भारतीय सेनाका पूर्वजनरल अशोक मेहतालाई पोखरामा सम्मान

भारतीय सेनाका पूर्वजनरल अशोक मेहतालाई पोखरामा सम्मान


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७९, आइतबार

पोखरा/ भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहतालाई पोखरामा सम्मान गरिएको छ । २/५ जी आर (एफएफ) (भीसी पल्टन) पूर्वसैनिक परिवार पोखराले १३६ औ जन्मोत्सव (मालाकाण्ड डे) को अवसर पारेर ८४ वर्ष पार गरेका मेहतासहित पल्टनका अन्य ११ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा १०४ वर्ष रामप्रसाद गुरुङ पनि रहेका २/५ जी आर (एफ एफ) (भी सी पल्टन) पूर्वसैनिक परिवार पोखराका अध्यक्ष सुदर्शनसिंह थापाले जानकारी दिए ।

मेहता पल्टनका पूर्वसैनिक परिवारसँग आफनो ८४ आंै जन्मोत्सव मनाउन पोखरा आएका हुन् । चार वर्षअघि मेहताले आफनो ८० औ जन्मोत्सव पोखरामै मनाएका थिए । नेपालीसँग आत्मिय सम्बन्ध रहेका मेहताले सन १९९३ मा श्रीमती अदितीसँग पल्टनमा र त्यसपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा विहे गरेका थिए । आयोजक संस्थाका सचिव दलबहादुर गुरुङका अनुसार अनुसार मेहता विगत १०/११ वर्षदेखि नेपाल आउँदा लामेआहालस्थित सुवेदार यामबहादुर गुरुङको घरमा वस्ने गरेका छन् ।

भारतीय सेनाको २/५ जिआरमा काम गरेका गुरुङलाई छोरा मान्ने मान्छन् । ‘मलाई विहान वेलुका धेरै हिँड्न पर्छ पेन्सन क्याम्पमा बस्दा हिँड्ने स्थान छैन तर लामेआहलमा बस्दा चारैतिर पहाड छ र हिँड्नका लागि सहज हुने गर्छ’,उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->