बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

फोटो पत्रकार संघ कास्कीमा पौडेल

फोटो पत्रकार संघ कास्कीमा पौडेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७९, सोमबार

पोखरा/ नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन् ।

संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भए । यस्तै सदस्यहरुमा अषेश शाक्य र संजय शाक्य निर्विरोध भए । ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु समितिले चयन गर्ने निर्वाचन समिति संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष पौडेलले संस्थाको गरिमालाई ध्यान दिंदै चलायमान बनाउँदै जाने बताए । फोटो पत्रकारका समस्या समाधानका लागि सधैं लागिपर्ने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष घनश्याम पौडेलले नयाँ कार्यसमितिले फोटो पत्रकारको हितमा काम गर्नुपर्ने बताए । द्वन्द्वका समयमा फोटो पत्रकारको हकहित र रक्षाका लागि खोलिएको संस्थाले अब पनि सोही कार्यलाई निरन्तरता दिनुपर्ने औंल्याए । फोटो पत्रकारहरु अब क्याप्सन र समाचार लेखनमा पनि लाग्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा सल्लाहकारहरु राम गुरुङ, कृष्णमणि बराल, इन्द्रप्रसाद पौडल निवर्तमान अध्यक्ष प्रदिप पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य सुनिल पाण्डेलगायतले मोवाइलको जमानामा थपिएको चुनौतीलाई चिर्दै व्यावसायिकतातर्फ लाग्न सुझाव दिएका थिए । कार्यक्रममा संस्थामा भए–गरेका गतिविधि तथा प्रगति विवरण अध्यक्ष प्रदिप पौडेलले प्रस्तुत गरेका थिए भने कार्यक्रममा धन्यवाद मन्तब्य उपाध्यक्ष नारायण आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->