शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

राजनीति नपचेकाहरुले पार्टीमा फरक खालको गतिबिधि गर्छन् : केसी

राजनीति नपचेकाहरुले पार्टीमा फरक खालको गतिबिधि गर्छन् : केसी


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७९, बिहिबार

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी भित्रको असन्तुष्ट समुहलाई चार बर्ष पहिला नै निश्कासन गरेको बताएका छन् ।
केही दिन पहिले बागलुङको कुश्मीशेरा बजारमा पक्राउ परेका नेकपा (मशाल)का कार्यकर्ताको बिषयमा नेपालको प्रहरी प्रशासनले आफुसँग बुझ्न खोजेको भन्दै केसीले चार बर्ष पहिलै कारवाहीमा परेका कार्यकर्ताले अहिले राष्ट्रिय जनमोर्चा र नेकपा मसाल फुटेको हल्ला चलाउँदै हिँडेको आरोप लगाए ।

गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य कृष्ण थापालाई कारवाही गरेको बिषय संकेत गर्दै केसीले राजनीति नपचेकाहरुले पार्टीमा फरक खालको गतिबिधि गर्ने आरोप लगाए । ‘कोही कोही राजनीतिमा स्वार्थका लागि पनि आएका हुन्छन्, राजनीति बुझ्दैनन्, हिजो हाम्रो कारवाहीको बिषयमा कतिपयले आफ्नै सांसदलाई कारवाही गरेर चित्रबहादुरले सरकार ढलायो भन्थे’ केसीले भने ‘त्यो लोकतन्त्रको रक्षाका लागि गरिएको काम थियो, राजनीति नबुझ्नेहरु पार्टीबाट जान्छन्, त्यसले केही फरक पार्दैन् ।’

पार्टीको कारवाहीमा परेकाहरुले केपी ओलीको समर्थनमा चुनाव बहिष्कारको नारा उचालेको टिप्पणी गरे । उनीहरुको विरोधले निर्वाचनमा कुनै फरक नपर्ने केसीको भनाई थियो । गठबन्धनसँग थुप्रै असहमति भए पनि संविधानको रक्षा मात्रै साझा मुद्दा भएको उनले बताए ।

५ दलीय गठबन्धन दलका उमेदवारले बुधवार साँझ गरेको पत्रकार सम्मेलनमा केसीले लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्र जोगाउन गठबन्धनको जित आबस्यक भएको समेत बताए ।
बिरोधीको भण्डाफोर गर्न र संविधानको रक्षा गर्न आफ्नो उमेदवारी रहेको बताए । ‘मैले उठ्न खोजेकै थिइन तर सबैले आउनु पर्छ भन्नु भयो, यही मौकामा ओलीको प्रतिगमनबारे जानतालाई बुझाउन पनि पाएँ’ उनले भने, ‘म बौलाएर संसद जान खोजेको होइन, सुझबुझले लोकतन्त्रको रक्षामा लागेको हुँ ।’ बाम गठबन्धन गरेर देशको समृद्धि गर्न खोज्दा संसद बिघटन गरेर लोकतन्त्र कमजोर पारेपछि बाध्य भएर कांग्रेसमा मिल्नु परेको उनले बताए ।

राजनीतिमा व्यपारीकरण हटाउनुपर्ने उनको भनाइ छ । साथै मिडियाले लोकतन्त्रको रक्षामा वकालत गर्नुपर्ने र जसले संसद चल्न दिएन, उनीहरुनै संसदको निर्वाचनमा मत देउ भन्ने अधिकार एमालेलाई नभएको आरोप लगाएका छन् । साथै आम नागरिक पनि लोकतन्त्रप्रति उत्तरदायी बन्ने र सचेत बन्नुपर्ने उनले बताए । जनता सचेत नभएमा अबसरबादीबाट धोका खानुपर्ने समेत उनको टिप्पणी थियो ।
काय्र्र्रक्रममा कांग्रेस पूर्व सभापति तथा क्षेत्र नंं १ को प्रदेश १ का उमेदवार दिपेन्द्रबहादुर थापाले जनताको सुखदुःखमा काम गर्ने लक्षका साथ उमेदवार बनेको बताए ।
प्रदेश २ का उमेदवार कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीलेपनि जनताको चाहना अनुसार काम गर्ने बताए । सबै वडा र टोलमा पुगेर मत माग्दा जनताले धेरै आशा राखेको भन्दै आफ्नो क्षमताले भ्याए सम्मको काम गर्ने प्रतिवद्धता गरेको जानकारी दिएका थिए । कार्यक्रम कांग्रेस जिल्ला सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो । बुधवार रातीबाटै प्रचारको काम गर्न नपाइने गरी मौन अबधि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->