पोखरा/यही मंसिर ४गते हुने निर्वाचनलाई केन्द्रीत गरी पोखरा १९ का मतदान केन्द्रलाइ अपाङ्ग मैत्री बनाइएको छ ।
पोखरा १९ मा रहेका अकला मतदान केन्द्र र भारती भवन मतदान केन्द्रलाई अपाङ्ग तथा अशक्त मतदान मैत्री पदमार्ग निर्माण गरिएको वडा नम्बर १९ का सचिव श्रीराम पौडेलले जानकारी दिए । प्रदेश निर्वाचन कार्यालय तथा जीवनपद्धति स्वावलम्बन पोखराको समन्वयमा आइएफइसीको ३ लाख ५७ हजार ९७५ रुपैयाँको लागतमा सो मार्ग निर्माण गरिएको हो ।
अपाङ्ग तथा अशक्त मतदाताले सहज रुपमा मतदान गर्न पाउन भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको वडा नम्बर १९का अध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए । सो मार्गको वडाध्यक्ष पाण्डे, सचिव पौडेललगायतकाले अनुगमन तथा निरीक्षण समेत गरेका छन् ।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पोखरा १९ मा करिब ८ हजार मतदाता रहेका छन् ।





