बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

लमजुङका जसपा उम्मेदवारको निधन

लमजुङका जसपा उम्मेदवारको निधन


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

पोखरा/ लमजुङमा प्रतिनिधि सभा सदस्यतर्फ जनता समाजवादी पार्टी जसपाका उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरा घिम्राङ घर भएका अन्दाजी ६८ वर्षीय गुरुङको उपचारको क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो । हाल सदरमुकाम बेंसीसहर बस्दै आएको र बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका उनलाई उपचारका लागि भरतपुर लगिएको थियो । उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा सोमबार निधन भएको हो ।

जसपा पोलिटब्युरो सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका गुरुङ उच्च रक्तचापका कारण जिल्ला अस्पतालमा शुक्रबार भर्ना भएका थिए । लमजुङमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भरतपुर लगिएको थियो ।

उनले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए । तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->