बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ : मेयर आचार्य

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ : मेयर आचार्य


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७९, बुधबार

पोखरा/ पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् । सो अवसरमा प्रमुख आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद २५ हजार राशीको संरक्षण पुरस्कारसमेत हस्तान्तरण गरे ।

पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताए । यसका अलवा सो क्षेत्र तीन जिल्लाको संगमस्थल भएका कारण तीनै जिल्लाका स्थानीय सरकारहरूको एकीकृत प्रयासमा आफूहरू यसको विकासका लागि तत्पर रहेको उनको भनाइ थियो ।

‘पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यस बाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत यो रहेको छ,’ प्रमुख आचार्यले भने, ‘यसको विकासका लागि पोखरा महानगरपालिकाको एकल प्रयासले मात्र सम्भव हुदैन्, यसमा पञ्चासेसंग जोडिएका पर्वत र स्याङ्जाले समेत उत्तिकै जिम्मेवार भएर लाग्नुपर्छ ।’ पञ्चासे क्षेत्रलाई आयुर्वेदको विश्वविद्यालयका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो । पञ्चासे क्षेत्रका विषयमा सरोकार राख्ने सबै संघसंस्थाहरुको छाता संस्था बनाएर अगाडी जानुपर्नेमा उनले जोड दिए ।

यसैबीच प्रमुख आचार्यले बालाचर्तुदशी कै अवसरमा पोखरा २३ भन्ज्याङमा पञ्चासे आदर्श क्लबद्वारा आयोजित वृहद पञ्चासे संरक्षण सरसफाइ तथा ११ औँ पञ्चासे सिधाने बालाचर्तुदशी मेला २०७९ को उद्घाटन पनि गरे । महानगरको खेलकुद विकासमा आवश्यक पूर्वाधारहरू निर्माण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षणसहित सक्षम खेलाडीहरू उत्पादनमा उनले जोड दिए । खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना जागृत गर्दै विद्यालय स्तरबाटै खेलकुदको विकास आवश्यक रहेको उनले बताए । मेयर आचार्यले पञ्चासे जाने क्रममा दमदमे, सिधाने, कुद्वीडाँडा, भन्ज्याङ, पन्चदासेलगायतका स्थानमा स्थानीयहरू भेटघाट तथा अन्तरक्रिया समेत गरेका थिए । सो क्रममा स्थानीयहरूले बाटोघाटो, पानी, बत्ती लगायतका आधारभूत आवश्यकताको सहज पहुँच वृद्धिको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->