बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

बागलुङ-१ मा समानुपातिक तर्फको मतगणना सुरु, बरेङमा एमाले पहिलो

बागलुङ-१ मा समानुपातिक तर्फको मतगणना सुरु, बरेङमा एमाले पहिलो


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७९, बुधबार

बागलुङ / बागलुङ-१ मा समानुपातिक तर्फको मत गणना सुरु भएको छ । जिल्लाको बरेङ गाउँपालिकाबाट प्रतिनिधी सभा र प्रदेशसभा दुवैको समानुपातिक तर्फको मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ ।

साँझबाट सुरु भएको मत गणनामा बरेङ गाउँपालिकामा एमालेले सवैभन्दा बढि मत प्राप्त गरेको छ ।

बरेङमा प्रतिनिधि सभातर्फ नेकपा एमालेको सूर्य चिन्हमा १८४७, राष्ट्रिय जनमोर्चाको गिलास चिन्हमा १३७५, नेपाली काँग्रेसको रुख चिन्हमा ९८१, माओेवादी केन्द्रको हसियाँ हथौडा चिन्हमा १५२, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा ३९२ र राप्रपाको हलो चिन्हमा २७ मत परेको छ ।

त्यसैगरी, प्रदेश सभातर्फ नेकपा एमालेको सूर्य चिन्हमा १९९४, राष्ट्रिय जनमोर्चाको गिलास चिन्हमा १५५१, नेपाली काँग्रेसको रुख चिन्हमा ८८८, माओेवादी केन्द्रको हसियाँ हथौडा चिन्हमा २३० र राप्रपाको हलो चिन्हमा २३ मत परेको छ । सो पालिकामा २३७ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->