पोखरा / लेखनाथ क्योकिशन–कान कराते डोजोको आयोजनामा जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप हुने भएको छ ।
मंसिर १७ गते दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका सोह्र वर्ष मुनिका ६०जना भन्दा बढि खेलाडीहरुले विभिन्न १० तौल समुहमा प्रतिस्पर्धा गर्ने छन ।
लेखनाथ पावरहाउसमा हुने खेलमा पुरुष तर्फ २५ के.जी, ३० के.जी,३५ के.जी, ४० के.जी, ४५ के.जी र ५० के.जी तौल समुह रहेका छन ।
महिला तर्फ ३० के.जी मुनि ४० के.जी मुनि र ५० के.जी तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक तथा लेखनाथ पावरहाउस डोजो प्रशिक्षक विनोद नेगिले जानकारी दिए ।
खेलाडीहरुलाई आफुले सिकेको कला देखाउन र सिनियर प्रतियोगिताको लागि तयार हुने वातावरण सिर्जना गर्ने उद्धेश्य रहेको प्रमुख प्रशिक्षक सुवास खड्काले जानकारी दिए ।
प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुदमा सहभागि र पदक बिजेता लेखनाथ डोजोका खेलाडीहरुलाई सम्मान गरिने प्रशिक्षक खड्काले जानकारी दिए ।





