सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

युनाईटेड पोखरा भलिबल कप बिहिबार देखी

युनाईटेड पोखरा भलिबल कप बिहिबार देखी


  • ढोरपाटन संवाददात
  • मंसिर १६ २०७९, शुक्रबार

पोखरा/ युनाईटेड पोखरा क्लबको आयोजनामा हुने युनाइटे पोखरा भलिबल कप बिहिबारदेखी हुने भएको छ ।

पोखरा ३ नदिपुर स्थित छन्त्याल समाजको भलिबल कोर्टमा प्रतियोगिताको आयोजना हुन लागेको हो ।

प्रतियोगिताको पुरुष तर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । महिला तर्फको विजेताले ४४ हजार ४ सय ४४ तथा उपविजेताले ३० हजार ३० रुपैयाँ प्राप्त गर्नेछन् । बिहिबारदेखी संचालन हुने प्रतियोगिता चारदिनसम्म संचालन हुनेछन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष अनिल गुरुङले भलिबलको समुच्चीत विकास गर्ने, विभिन्न खेलकुद माध्यमबाट युवाहरुलाई परस्पर सकरात्मक अनुभव आदानप्रदान गराउन, दक्ष खेलाडी उत्पदानमा जोड दिने उदेश्यका साथ प्रतियोगिताको आयोजना गर्न बताए ।

प्रतियोगिताका साथै विभिन्न मनोरञ्जनका कार्यक्रमको समेत आयोना हुने मेला संयोजक मोहन छन्त्यालले जानकारी दिए । प्रतियोगिताका लागि मसिंर २१ गते साझँसम्म टिमदर्ता खुल्ला गरिएको छ ।

प्रतियोगिताबाट संकलित रकम मध्येबाट बचत भएको रकम अनाथ बालबालिका, विद्याश्रममा सहयोग गर्ने उनको भनाइ छ ।

करिब २५ हजार दर्शकले उककत्सवको अवलोकन गर्ने र ७ लाख २९ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

यस्तै ६ लाख ७९ हजार २ सय ५१ खर्च तथा ४९ हजार ७ सय ४९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको पुरुष तर्फ करिब १५ तथा महिला तर्फ करिब टिमको सहभागिता रहने खेल संयोजक अमृत आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->