पोखरा/ कोरोना महामारीको समयमा २० जना क्रयेर ( यौनिक तथा लैंगिक अल्पसंख्यक) आत्महत्या गरे । उनीहरुले एक्लोपन महसुस गरेकै कारण आत्महत्या गरेको क्रयेरहरु बताउछन् ।
क्रयेर अर्थात सामान्य भाषामा तेस्रो लिंगी । आत्महत्या गर्नुको मुख्य कारण क्रयेरका लागि कानूनमा विवाहसम्बन्धी उचित ऐन तथा विधान नहुनु हो । निल हिरा समाजद्वारा यौनिक तथा लैंगिक अल्पसंख्यकबारे मिडिया अभिमुखीकरण कार्यक्रममा निल हिरा समाजकी कार्यक्रम संयोजक पिटर राईले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजमा विवाह गर्नबाट सरकारले बन्देज लगाएको बताइन् । उनले विवाहसम्बन्धी महिला र पुरुष भनि परिभाषित गरेपनि आफुहरुका बारेमा कहिँकतै नलेखिएको सुनाइन् ।
विवाह सम्बन्धमा सरकारको समेत सकरात्मक सोँच नभएको उनको गुनासो छ । अझै पनि समाजमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई होच्याउने, अपशब्द बोल्ने, गालीगलौज गर्नेलगायत शारीरिक र मानसिकरुपमा हिंसा हुने गरेको उनको भनाइ थियो ।
संचारकर्मी बविता बस्नेतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग आवश्यक रहेको बताइन् ।
पोखरामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु आउँदा उनीहरुलाई बस्ने बासको व्यवस्था गर्न सम्मानगृह सञ्चालन गरिएको नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले जानकारी दिइन् । क
हाल नेपालमा करिब ९ देखि १० लाख जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रहेको तर सबै खुल्न नचाहेको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले जानकारी दिइन् ।





