तनहुँ/नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगमस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।
सो कार्यक्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मीले शुक्लागण्डकी २ मा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । उनले विभिन्न स्थानको होमस्टेमा अवलोकनका लागि पुगेको बताउदै दगम गाउँको अत्याधिक सम्भावना रहेको धारणा राखे । उनले दगमको विकासका लागि सडक खण्डले प्रभाव पारेको बताए ।
उनले दगम होमस्टे पोखरादेखि नजिकै रहेकाले प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गरे । उनले उक्त गाउँको पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नेसमेत जनाएका थिए । यसैगरी शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए ।
यसैगरि फोनिज गण्डकीका इन्चार्ज एमबि आस्थामगरले ग्रामिण पर्यटन विकासका लागि कार्यक्रमहरु सम्बन्धित गाउँमै पुगेर गर्दै आएको बताए ।
उनले पत्रकारहरुको सूचना तथा समाचारकै कारण ओझेलमा परेको पर्यटकीय गाउँहरुको प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको उल्लेख गरे । तनहुँकै आदीमुल, मिछुर्लुङ, राइपुर, कास्कीको रुपा गाउँपालिका र बागलुङको ढोरपाटनमा यही सवालको कार्यक्रम आयोजना गरिसकेका छौँ’, उनले भने, ‘पत्रकारहरुको लेख, रचना र प्रचारप्रसारले ग्रामिण पर्यटनको विकासमा टेवा पु¥याउने हाम्रो उद्देश्य हो ।’सो कार्यक्रममा स्थानीय अगुवा नन्द थापामगर, शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायलगायतले बोलेका थिए ।फोनिजले पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रमसँगै सोही स्थानमा हिजो (बिहीबार) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सम्पन्न गरेको थियो ।
सो कार्यक्रममा अधिवक्ता तथा पत्रकार मनोज घर्तीमगरले प्रशिक्षण दिएका थिए ।फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने महासचिव धनबहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।





