बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखरामा नेवार कन्याहरुको सामुहिक इही (बेलविवाह) सुरु

पोखरामा नेवार कन्याहरुको सामुहिक इही (बेलविवाह) सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७९, शनिबार

पोखरा/ पोखरामा नेवार कन्याहरुको सामुहिक बेलविवाह (इही ज्याझ्व) गरिएको छ । नेवा देय दबु कास्की र नेवा देय दबु पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरामा सामुहिक बेलविवाह गरिएको हो । नेवारी परम्परा अनुसार भइरहेको सामुहिक बेलविवाह शुक्रबार शुरु भएको छ भने यो शनिबारसम्म चल्नेछ ।

नेवारी संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजित सामुहिक बेलविवाहमा ३५ नेवार कन्याहरु सहभागि भएको नेवा देय दबु कास्कीका संयोजक कृष्णमान ठूसाजुले जानकारी दिए । उनका अनुसार तनहुँ दुलेगौंडाका नेवार पुरोहित लालप्रसाद प्रधानले बेलविवाह गराईरहेका छन् ।

पुरोहित प्रधानले नेवारी परम्परा अनुसार बेलविवाह गराइरहेको बताए । शनिबार रुद्री पूजा सकेर कन्यादान गरेपछि बेलविवाह सम्पन्न हुने उनले बताए । उनका अनुसार आइतबार भने कन्याहरुको आ–आफ्नो घरमा चतुर्थी पूजा गर्नुपर्छ ।

बेलविवाहको शुभारम्भमा नेवा देय दबुका गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष विष्णुशंकर ख्वाउजु, नेवा देय दबु कास्कीकी सचिव रिता नापित, महानगर समितिका अध्यक्ष तीर्थ श्रेष्ठ गोशलीलगायतले बेलविवाहको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै नेवा देय दबुका कास्की अध्यक्ष कृष्णमान ठूसाजुले सबैले बेलविवाह गर्ने वातावरण निर्माण गर्ने प्रयास आफूहरुले गरेको बताए । ‘बेलविवाह गर्ने संस्कृति र परम्परा जोगाउनुपर्छ । धनी र गरीव सबैले समान तरिकाले बेलविवाह गरुन् भन्ने उद्देश्य राखेर हामीले आयोजना गरेका हौं’,उनले भने । नेवा देय दबुले पोखरामा सामुहिक बेलविवाह आयोजना गरेको यो दोश्रो पटक हो । यसअघि गरिएको सामुहिक बेलविवाहमा २१ जना नेवार कन्याहरु सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->