पोखरा/ हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । लैङ्गिक विभेद र मनोसामाजिक असरको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कसैले हिंसा गरेमा नो र नाइ भनेर प्रतिकार गर्नुपर्ने बताएका हुन् ।
अन्तरध्वनी नेपालका अध्यक्ष जमुना शर्माले मानसिक स्वास्थ्यमा सबैको अधिकार हुने बताइन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पुण्य पौडेलले समाज परिवर्तन हुदै गएको अवस्थामा हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सनाले ८८ प्रतिशत पत्रकार महिलाहरुमाथि अनलाइनवाट हिंसा हुने जिकिर गरिन् । सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ष्ठले कार्यक्रमको आचित्यमाथि प्रकाश पार्दै अब हामी हिंसा नसहने र हिंसा गरेको टुलुटुलु हरेर पनि नस्बने बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा नर्सिङ्ग क्याम्पसका निशा श्रेष्ठ, दलित महिला संघ फेडोका अध्यक्ष सुमित्रा गायक, दलित महिला संघ कास्कीका प्रमुख ईश्वर विक, नेपाल टेलिभजनका पोखराका संवाददाता पत्रकार पुरुषोत्तम शर्मा, नेष्डो गण्डकीका सुर्यप्रसाद भट्टराइर्, लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी अधिकारी, सञ्चारिका समूह गण्डकी प्रदेशका कार्यसमिति सदस्य जुना थापालगायतले बोलेका थिए ।
सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश अन्तरध्वनी नेपालको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।





