बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अपाङ्ग दिवसको अवसरमा कांग्रेसकोदीप प्रज्वलन

अपाङ्ग दिवसको अवसरमा कांग्रेसकोदीप प्रज्वलन


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७९, आइतबार

पोखरा/ नेपाली कांग्रेस कास्कीको अपाङ्ग समन्वय शाखाले विपी चोकमा दिप प्रज्वलन गरी अपाङ्ग दिवस मनाएको छ ।

३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राखिएको दीप प्रज्वलन कार्यक्रममाबोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले यो धर्तिमा पूर्ण भएर कोही पनि नजन्मने जानकारी गराएका थिए । उनले भने ‘यो धर्तिमा जन्मने जो कोही पनि अपूर्ण भएर जन्मन्छ, हामी सबै जन्मजात नै अपाङ्ग छौं । राष्ट्र निर्माणमा सबैको उत्तिकै दायित्व रहन्छ, यो वा त्यो वाहानामा कसैलाई पनि इष्र्या गर्ने, कमजोर ठान्ने अधिकार कसैको रहँदैन ।’

अपाङ्गता अधिकार प्रवद्र्धनका लागि दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), गण्डकी प्रदेश सदस्य तथा सूचना सञ्चार तथा प्रचार प्रसार विभाग उपप्रमुख शिरोमणी बराल, मुख्यसचिव पदम श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा कास्की जिल्ला सदस्य मोहन प्रधान, जिल्ला सदस्य विष्णु कार्की, क्षेत्रिय सदस्य विष्णु सिग्देल र प्रदेश प्रतिनिधि टंकप्रसाद बास्तोलालगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस कास्की जिल्लाका पूर्व सदस्य प्रेम परियारको रहेको कार्यक्रम जिल्ला सदस्य तथा कार्यक्रम संयोजक अर्पण कोइरालाको अध्यक्षतामा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->