बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मन्त्री बन्न पाईने आशामा दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

मन्त्री बन्न पाईने आशामा दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७९, सोमबार

पोखरा  / मनाङ प्रदेशसभा-२ बाट निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् ।

उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सोमबार पार्टीमा स्वागत गरे । मनाङेले एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एसको संगठनमा आबद्ध भएको बताएका छन् ।
नयाँ सरकार गठन हुँदा सत्ता गठबन्धन कायम रहने र नयाँ मन्त्रिमण्डलमा नेकपा एसको भागबण्डामा मन्त्री बन्न पाईने आशामा उनी पार्टी प्रवेश गरेको हुने सक्ने आंकलन गरिएको छ ।

गण्डकी प्रदेश सभामा नेकपा एसले कुनैपनि सिट जितेको छैन् । प्रदेश सभामा अव उनी नेकपा एसका एक मात्र सांसद बनेका छन् । स्वतन्त्र सांसद मनाङेलाई समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले पार्टीमा भित्र्याउन भूमिका खेलेका हुन्।

मनाङेले स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरे पनि अहिलेको परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भएर गरिने पहलकदमीले काम प्रभावकारी हुने निष्कर्षमा पुगेको बताए ।

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताए ।

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा भनेका छन् ।

पढ्नुहोस विज्ञप्तिको पूर्णपाठ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->