बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ओवटेक गर्नेक्रममा माइक्रोबस जुध्दा एकको मृत्यु ११ घाइते

ओवटेक गर्नेक्रममा माइक्रोबस जुध्दा एकको मृत्यु ११ घाइते


  • ढोरपाटन सम्वाददाता
  • मंसिर २२ २०७९, बिहिबार

तनहुँ /तनहुँको आँबुखैरेनीमा माइक्रोबसले ओवटेक गर्नेक्रममा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बिहिबार विहान ८ः ५५ बजेको समयमा आँबुखैरेनी गाउँपालिका २ मार्किचोक स्थित पृथ्वीराज मार्गमा डुम्रे तर्फ जाँदै गरेको बा३ख २७१६ न.को माईक्रोले ना७ख २४७८ न.को ट्रकलाई ओवटेक गर्ने क्रममा दुर्घना भएको हो ।

ओवटेक गर्ने क्रममा विपरित दिशा बाट आएको बा४ख १४०३ न.को माईक्रो, ग.१ख ९१०३ न.को माईक्रो समेत ठोक्किन पुगेको हो ।

ओवटेक गर्ने माईक्रोमा सवार स्याङजा हरिनास गाउँपालिका २ की ५५ वर्षिया लालुमाया थापाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक अर्जुन बम मल्लले जानकारी दिए ।

गम्भिर घाइते भएकी उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा ११ बजेर २० मिनेमा मृत्यु भएको उनले बताए ।

घाइते हुनेमा शुक्लागण्डकी न.पा.की पार्वती थापा, होम ब.थापा, ज्योती थापा, धन माया थापा, बुद्दिस्वारा थापा, डिल ब.थापा, नबिता थापा र कृष्णमाया राना, चितवनकी रिम्मा थापा र जेनिसा थापा तथा स्याङजा हरिनासकी गंगामाया थापा घाइते भएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->