बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पत्रकार कँडेल र कलाकार थापा पुरस्कृत

पत्रकार कँडेल र कलाकार थापा पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७९, बुधबार

बागलुङ/ आदर्श संचार सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभामा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार कोपिला कंडेल र कलाकार वसन्त थापा सम्मानित भएका हुन् ।

पत्रकार सिर्जना पन्त र सन्तोष क्षेत्रीले आफ्नो विवाह खर्च कटाएर बनाएको सिर्जनशील पत्रकारिता पुरस्कार तथा सम्मानबाट कोपिला कंडेल पुरस्कृत भएकी हुन् । उनलाई १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

पूर्व सांसद तथा सहकारीकी संस्थापक अध्यक्ष मनकुमारी केसीले मंगलबार आयोजित कार्यक्रममा कंडेललाई पुरस्कार प्रदान गरिन् । त्यस्तै बागलुङमा जन्मेर कलाकारितामार्फत् देश विदेशमा नाम कमाउन सफल कलाकार बसन्त थापालाई सम्मान गरिएको थियो ।

सहकारीले हरेक वर्ष एकएक जना बिशिष्ट व्यक्तिलाई सम्मान गर्दै आएको छ । २५ हजार नगद पुरस्कारसहित थापा सम्मानित भएका हुन् । सम्मानित हुँदा गौरव अनुभूति गरेको भन्दै थापाले सहकारी क्षेत्र देशको आर्थिक विकासमा उपयोगी भएको समेत बताए ।

आदर्श संचार सहकारीले केही दिनदेखि नै क्षेत्रगत रुपमा साधारणसभा गर्दै आएको थियो । अन्तिम दिन मंगलबार मुल समारोह भएको हो । मुल समारोहमा अधिवेशन समेत भएको थियो । हुमाकुमारी जिसी अञ्जुको नेतृत्वमा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि पनि जिसी अध्यक्ष थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->