बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवचुलीले थाल्यो वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन कार्य

देवचुलीले थाल्यो वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन कार्य


  • खगेन्द्र पराजुली
  • पुष १ २०७९, शुक्रबार

नवलपुर/ नवलपुरको देवचुली नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ ।

वैदेशिक रोजगारीमा रहँदा आर्जन गरेको सीप र अनुभवको प्रयोग गरी देश भित्रै रोजगारीका अवसरहरू सृजना गर्न पुनः एकिकरण कार्यक्रमका लागि विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई नजिकको वडा कार्यालय वा नगरपालिकाको रोजगार सेवा केन्द्र वा नगरपालिकाको वेभसाइटमा उपलब्ध फारममा आफ्नो विवरण टिपाउन समेत आग्रह गरिएको मरासिनीले बताए ।

नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक अनिता ज्ञवालीका अनुसार लामो समय विदेशमा बसेर पूँजी, सीप, ज्ञान र अनुभव संगालेर स्वदेश फर्किएकालाई आफ्नै ठाउँमा रोजगारीका अवसर सृजना गर्ने उदेश्यले थालिएको कार्यक्रममा भारत लगायत विभिन्न मुलुकबाट श्रम गरी फर्किएका सीप भएकाहरु जोकोही समावेश हुनसक्ने छन् ।

निर्धारित समय अवधिको हद म्याद कायम नभएकाले जुनसुकै समयमा विदेश बसेर स्वदेश फर्किएकाहरुले समेत विवरण फारम भर्न पाउने रोजगार सेवा केन्द्रले जनाएको छ ।

संघीय सरकारले समावेश गरेको पुनः एकिकरण कार्यक्रमको सञ्चालन तथा ब्यवस्थापन निर्देशिका २०७९ अन्तर्गत रहेर नगरपालिकाले कार्यक्रम सुरु गरेको ज्ञवालीले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->