बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चौथो देवचुली महोत्सव माघ पहिलो साता, १५ करोडको कारोबार गर्ने लक्ष्य

चौथो देवचुली महोत्सव माघ पहिलो साता, १५ करोडको कारोबार गर्ने लक्ष्य


  • खगेन्द्र पराजुली
  • पुष २ २०७९, शनिबार

नवलपुर / देवचुली १७ रजहरस्थित फारममा चौथो देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग बाणिज्य संघले बरचुली माविको खेल मैदानमा महोत्सव गर्न लागेको हो ।

शनिवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा माघ ५ देखी १५ गतेसम्म महोत्सव आयोजना हुने जानकारी गराइयो ।

देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडीले महोत्सवमार्फत आर्थिक, साँंस्कृतिक तथा सामाजिक उत्थानका साथै शिक्षा, कृषि, पर्यटन, उद्योग, ब्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको बताए ।

११ दिनसम्म चल्ने महोत्सवमा डेढ लाखबढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्वसमा १५ करोड वरावरको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको उनले बताए ।

महोत्सव सञ्चालनका लागि ६० लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवबाट बचेको रकममध्ये ७० प्रतिशत संस्थाको पक्की भवन निर्माणमा खर्च तथा बाँकी रकम शिक्षा, पर्यटन, तालिम, अवलोकन भ्रमण र सचेतना सम्वन्धि कार्यमा लगाईने उनको भनाइ रहेको छ ।

महोत्सव स्थलमा दैनिक सांँस्कृतिक कार्यक्रम, बाल उद्यान, विभिन्न वस्तुका स्टल तथा स्थानीय उत्पादन, संस्कृति, जातजातिका मौलिक भेषभूषा मेला आकर्षणका रुपमा रहनेछ ।

यस्तै महोत्वसमा देवचुली डान्स आइडल, भजन, खेलकुद प्रतियोगितासँगै विद्यालयस्तरीय नृत्य, बादविवाद, आमा समूहबीचको हाजिरी जवाफ प्रतियोगिता हुनेछन् ।

महोत्सवमा १ सय ५० वटा ब्यवसायिक स्टलका साथै बाल उद्यान, पिङ, झुला लगायत मनोरञ्न स्थल समेत हुनेछन् ।

महोत्सव प्रवेश शुल्क १ सय रुपैंया तोकिएको छ । तर, परिचय पत्र सहित आउने बिद्यार्थीलाई ७० रुपैंया, विद्यालय पोशाक सहित समूहमै आउने विद्यार्थीलाई ५० रुपैंया तथा रातो कार्ड प्राप्त अपाङ्गता, ७० बर्षमाथीका ज्येष्ठ र ५ बर्षमुनिका बालवालिकालाई प्रवेश निःशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->