पोखरा/ पोखरा १९ घार्मीमा रहेको भुमेश्वर आधारभुत विद्यालयको ६७ औ वार्षिकोत्सव तथा अभिभावक दिवससम्पन्न भएको छ ।
विद्यालयले वार्षिकोत्सवका अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु शोभामोहन पौडेल, डिल्लीराम पौडेल, रामचन्द्र पौडेल, राजकुमार पौडेल, माधव पौडेल, पोषराज पौडेल, अक्षयकोषदाता होमनाथ आचार्य,हरेराम घिमिरे, पूर्वप्रधानाध्यापक बैकुण्ठ पौडेल, पूर्वशिक्षक सुभद्रा आचार्य, पुर्णभद्र आचार्यलाई सम्मानित गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द् पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय पौडेल र प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलले सम्मान पत्रसहित उनीहरुलाई सम्मान गरेका हुन् । २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा हालसम्म पनि विद्यार्थीहरू टिनको छानामुनि वसेर अध्ययन गर्न वाध्य छन् ।





