बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पाल्पा सम्झाउने व्यापारिक घर

पाल्पा सम्झाउने व्यापारिक घर


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

पोखरा/ पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोड रुपैयाँ लागतमा रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण पूरा भएको हो । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसको आन्तरिक सजावटमा अझै कम्तीमा एक करोड लाग्ने अनुमान छ ।

पाल्पाली चिनारीहरु ढाका, करुवालगायत कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउने उद्देश्यले यो घर संचालनमा ल्याएको कम्पनीका अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पहलमा संचालित यो घरमा पाल्पाली ढाका, करुवा, तरकारी, फलफूलका अलावा पाल्पाली स्वादको हाँसको छोइला, मिसमास, चुकाउनी, बटुक पाइने संचालकको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->