पोखरा / खेलकुदको सहरको रुपमा पोखरालाई चिनिन्छ । विशेष गरी फुटबल र भलिबल खेलको लोकप्रियता बढी छ ।
आइतबार राति फुटबलको महाकुम्भ विश्वकपको फाइनल खेल हुँदै गर्दा पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न चोकहरुमा फाइनल खेल देखाउने तय भयो । त्यो पनि बाटोमै ।

अझ रोचक के भइदियो भने पोखराको पृथ्वीचोकमा यतिबेला डिजिटल बोर्ड राखिएको छ । निकै ठूलो एलइडी स्क्रीनमा ।
फुटबल देखाउने भएपछि पोखराका विभिन्न ठाउँबाट फुटबल हेर्न फुटबल प्रेमीहरु आए । त्यहाँ पोखराका मेयर आफैं पनि उपस्थिति भएर नागरिकसंगै फुटबल हेरेका थिए ।

कोहि अर्जेन्टिनाका ससमर्थक थिए त कोहि फ्रान्सका । खेलकुदलाई पोखराले सद्यंै माया गर्दैआइरहेको छ ।
जुन कुरा हिजोका फुटबल हेर्नेको भीडले पनि देखाएको छ । उक्त फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–३ ले हराउँदै ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ ।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
(तस्विर ःफोटो पत्रकार प्रेम थापा)





