काठमाडौं/नवनियुक्त सांसदहरूले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदलाई सपथ खुवाएका हुन् । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ ।
राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयको आग्रहलाई सांसद्हरूले अनुशरण गर्दै सांसद्हरू आफ्ना भेषभुषामा संसद् भवन पुगेका थिए । यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिए । २६ जनाले नेपालीबाहेक अन्य १४ भाषामा सपथ लिएका हुन् ।





