शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने

महोत्सवको लागि नाटकको आह्वान ।


  • राजाराम पौडेल
  • पुष ७ २०७९, बिहिबार

पोखरा/ तेस्रोे संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आगामी माघ १५ गतेबाट हुने तय भएको छ । आयोजक पोखरा थिएटरले दिएको जानकारी अनुसार माघ १५ गते आइतबारबाट सुरु हुने महोत्सव माघ २१ गते शनिबारसम्म चल्नेछ । वार्षिक रुपमा गर्दै आएको सो महोत्सवको लागि थिएटरले नाटकको आह्वान गरेको छ ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना हुने महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विद्यालयबाट सहभागिता रहने अपेक्षा गरिएको महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । ‘महोत्सवमा सहभागिताका लागि विभिन्न छनोट चरण पार गर्नुपर्नेछ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ । त्यसको लागि यहीं पु्स २० गतेभित्र नाटकको कथावस्तु पठाइसक्नुपर्ने उनले बताए ।

कथावस्तुको अध्ययन पश्चात दोस्रो चरणकोलागि छनोट गरिने आयोजकको भनाई छ । दोस्रो चरणमा छनोट भएका नाटकलाई हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ । यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

महोत्सव निर्देशक परिवर्तन भने,‘प्रतियोगीतामा भाग लिनको लागि बढीमा १५ जनाको समूह बनाउन सक्नेछन् । नेपाली नाटक हुनुपर्ने छ । नाटकको समयावधि घटिमा ४० मिनेटदेखि बढिमा १ घण्टासम्मको हुनु पर्नेछ ।’

महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । महोत्सवमा छनोट भएका नाटकका कलाकार, व्यवस्थापक, प्राविधिकलाई प्रमाणपत्र, मेडलले सम्मान गरिनेछ । साथै छनोट भएका हरेक समुहले १० हजार रुपैयाँ नगद समेत प्रोत्साहन स्वरुप प्राप्त गर्नेछन् । छनोट भएका नाटकलाई आवश्यकता महशुस गरेमा आयोजकले सल्लाह, सुझाब र सहजीकरणको व्यवस्था समेत गर्नेछ ।

आयोजकले २१ नाटक महोत्सवको लागि छनोट गर्ने तयारी गरेको छ । पहिलो चरणमा नाटकको स्कृप्ट अध्ययन गरिननेछ । अध्ययन गरिएका स्कृप्टबाट कथावस्तु, भाषाशैली, संवाद, प्रस्तुतीकरण, मञ्चीयता, मौलिकता लगायतलाई आधार मानेर नाटक छनोट गरिने संयोजक परिवर्तनले जानकारी दिए ।
यस अगाडि दूई संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालयस्तरीय नाटक महोत्सव भव्यताका साथ सम्पन्न गरेको थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरिसकेको छ । पोखरा थिएटर सञ्चालन पश्चात पोखरामा नियमित रुपमा नाट्य गतिविधि भइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->