जिल्ला समन्वय समिति कास्कीले कास्कीबाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा नबनिर्बाचित सांसदहरूलाई बधाई र शुभकामना दिएको छ । सो अवसरमा कास्की क्षेत्र न.३ बाट प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले राष्ट्रिय विकासका लागि सबैको हातेमालो आवश्यक भएको भन्दै विकास समसहभागितामा जोड दिए ।
प्रदेश सभा सदस्य प्रकाश बरालले निरन्तर विकास नै जनअपेक्षा भएको हुँदा नीति निर्माणसँगै विकासमा लाग्ने बताए । प्रदेशसभा सदस्य सरस्वती गुरुङले उल्लेख्य विकास अबको पालो हुने र त्यसैमा केन्द्रीत हुने बताइन् ।
जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलले विकासका निम्ति प्रभावकारी समन्वयका लागि परिचात्मक अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको बताए । पौडेलले प्रदेशमा केही कानुन नहुँदा अनुगमन र समन्वय प्रभावित भएको गुनासो गरे ।कार्यक्रममा प्रदेश सभा सदस्य देवका पहारी त्रिपाठी ,नन्दकला दमै ,राजकुमारी भुजेल , जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्य पौडेल ,जिल्ला समन्वय समिति कास्कीका निवर्तमान प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





