बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा ईन्जिनियरिङ कलेजमा पेक टेक एक्सपो सुरु

पोखरा ईन्जिनियरिङ कलेजमा पेक टेक एक्सपो सुरु


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७९, शनिबार

पोखरा/ पोखरा ईन्जिनियरिङ कलेजमा ८ औं पेक टिच एक्सपो सुरु भएको छ । पोखरा महानगरपालिका ८ फिर्केस्थित कलेको प्राङ्गणमा इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ ‘आठौं पेक टेक एक्सपो २०२२’ को आयोजना भएको हो ।

विभिन्न कलेजका विद्यार्थीहरुले विभिन्न प्रविधि, मेसिन तथा आर्किटेक निमार्ण गर्दै प्रदर्शनीमा राखेका छन् । उनीहरुले आगामी भविष्यमा पोखरालाई कस्तो सहर बनाउ सकिन्छ भन्ने किसिमका सडकसहित स्मार्ट सहरको परिकल्पना गर्दै बनाएको अािर्कटेकदेखि, दैनिक जिवनमा प्रयोग गरिने सामग्रीमा सहजता ल्याउने, शुद्धपानी, घर बनाउँदा कसरी इट्टा राख्नेलगायत विभिन्न प्रविधिको निमार्ण गरी प्रदर्शनीमा राखेका छन् ।

शुक्रबारदेखि सुरु भएको प्रदर्शनीको पहिलो दिन १८ भन्दा बढी विधालयको सहभागितासंगै ३ हजार पाँच सयभन्दा बढी विद्यार्थीले अवलोकनसमेत गरेका छन् । पेक टेक एक्सपोको उद्घाटन समारोहमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रोफेसर डा.गणेशमान गुरुङले विज्ञान प्रदर्शनीले विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई प्रस्फुटन गराउने बताए । उनले विद्यार्थीहरुको प्रदर्शनी उत्कृष्ट रहेको र भविष्यमा यसै क्षेत्रमा लाग्नसमेत आग्रह गरे ।

क्याम्पस संचालन समिति अध्यक्ष हिरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. प्रेमनारायण अर्याल,पृथ्वीनारायण क्याम्पस प्रमुख सरोज कोइराला, पश्चिमाञ्चल क्षेत्रीय इन्जिनियरिङ कलेजका प्रमुख निर्मल बराल, जनप्रिय बहुमुखी क्याम्पस प्रमुख लोकराज बराल, सिटिइभिटी गण्डकी प्रदेश प्रमुख प्रमोद आचार्य लगायत विभिन्न क्याम्पस प्रमुख तथा जनप्रतिनिधिको सहभागिता रहेको कार्यक्रम संचालक छात्रा अग्रता शर्माले जानकारी दिइन् ।

दुई दुई वर्षमा हुने प्रदर्शनीमा देशभरबाट १३ इन्जिनियरीङ कलेजको सहभागिता रहेको छ । जसमा गण्डकी प्रदेशबाट सिभिल इन्जिनियरीङतर्फ तिन र कम्प्युटरतर्फ तिन कलेजको सहभागिता रहेको छ ।
सन् १९९९ मा स्थापना भएको कलेज स्नातक तहमा ईन्जिनियरिङ विषय अध्यापन गराउने काठमाडौं बाहिरको पहिलो कलेज हो । गुणस्तरीय प्राबिधिक शिक्षा भन्ने मनशायका साथ स्थापित कलेजमा हाल स्तानकोत्तर, स्नातक, डिप्लोमाका साथै प्रि–डिप्लोमा तहमा अध्यापन हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->