बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

दृष्टिविहीनलाई सघाउन गायिका प्रिति आले सडकमा

दृष्टिविहीनलाई सघाउन गायिका प्रिति आले सडकमा


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७९, शनिबार

पोखरा/ गएको कात्तिकतिर काठमाडौंको सडकमा गीत गाएर जीवनयापन गर्ने दृष्टिविहीनहरुलाई खेदियो । सहर सुन्दर बनाउने नाममा महानगरले उनीहरुलाई खेदेको थियो । दृष्टिविहीनहरुमाथि गरिएको दुव्र्यवहारका कारण काठमाडौंका मेयर बालेन साह आलोचित बने ।

उनको मानवीय संवेदनामाथि प्रश्न उठ्यो । दृष्टि गुमाएकाहरुको सहारा सडक हुने गरेको छ । काठमाडौंमात्र नभएर देशका अन्य सहरहरुमा पनि दृष्टिविहीनहरु सडकमा गाइरहेका भेटिन्छन् । पोखरा अपवाद रहने कुरै भएन । पोखराको मुख्य सडकका पेटीहरुमा उनीहरु बिहानैदेखि विभिन्नखाले राग अलापिरहेका हुन्छन् । सक्नेले दुईचार पैसा दिन्छन् । नसक्ने र मन नहुनेहरु त्यही पेटीबाट बाटो लाग्छन् । उनीहरु के खान्छन्, कहाँ बस्छन्,उनीहरुको ब्यथा के हो ? कमैले मात्र चासो राख्छन् ।

तर, सवैको हकमा यो कुरा लागू हुँदैन । लामा अमृत फाउण्डेसन घान्द्र्क नामक संस्था अपवाद बनेको छ । उसकै अगुवाइमा

पोखराको विभिन्न ठाउँमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहीनहरुले आर्थिक सहायता पाएका छन् । सहयोगदाता तेजबहादुर गुरुङ, अभियन्ता तथा गायिका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहीन नागरिकलाई प्रतिव्यक्ति ६ हजार ५ सयका दरले (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

सहयोगदाता तेजबहादुर गुरुङका अनुसार दृष्टिविहीनहरुको पीडा कम गराउन यो सहयोग गरिएको हो ।
लोकदोहोरी गायिका प्रीति आले मगरले सडकमा कला प्रदर्शन गरेर दैनिकी गुजारा गर्नु आफैमा उदाहरणीय कार्य भएको र उनीहरुलाई सघाउनुपर्ने धारणा राखिन् ।

‘तपाईंहरुले सडकमा माग्न बसेको होइन’, उनले भनिन्, ‘कला प्रदर्शन गर्नुभएको हो । यस्तो अवस्थामा हामी केही सहयोग गरेर साथ दिन पाउँदा हामी एकदमै खुशी छौं ।’
दृष्टिविहीन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य र ंसंघसंस्थाबाट उचित सहयोग नपाएको गुनासो गरे । सडकमा गीत गाउनु रहर नभइ बाध्यता रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->