बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

चार जिल्लामा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल गठन

चार जिल्लामा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल गठन


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७९, सोमबार

बागलुङ/साविकको धौलागिरी अञ्चलका चारवटै जिल्लामा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) गठन भएका छन् ।

राष्ट्रिय आयुर्वेद एशोसिएसन गण्डकी प्रदेशको आयोजनामा धौलागिरी आयुर्वेद औषधालय बागलुङमा सम्पन्न भएको भेलाले चारवटै जिल्ला कमिटि गठन गरेको हो । भेलालाई सम्बोधन गर्दै धौलागि।ी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा. सरोज कुमार रायले आयुर्वेद क्षेत्रका हरेक तह तप्कामा समस्यै समस्या रहेको बताए ।
उनले समस्या समाधानका लागि स्वार्थभन्दा माथि उठेर केन्द्रीय स्तरमा बृहत छलफल, सहकार्य गरी सम्बन्धित निकायलाई सचेत गराउनुपर्ने आवस्यकता रहेको बताए । डा. रायले आयुर्वेद चिकित्सा शिक्षामा नैराश्यपन रहेकाले यसलाइ हटाउन एशोसियसन लागायत सबै आयुर्वेद संस्था जाग्न सुल्झाए ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र पर्वतका नि. प्रमूख डा. रामकृष्ण भुजेल र रान केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण राउत, रान गण्डकी प्रदेश अध्यक्ष डा. पि.के. मिश्र लगायतले बोलेका थिए ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल बागलुङ जिल्ला कार्यसमितिको अध्यक्षमा हरि पौडेल चयन भएका छन् । उपाध्यक्षमा एकराज ढुंगाना, सचिवमा विशुराम तिमिल्सिना, कोषाध्यक्षमा मोनिका चौधरी, सदस्यमा आनन्द श्रेष्ठ, सल्लाहकारहरुमा डा. लक्ष्मी प्रसाद शर्मा र डा. कमल बिक्रम पौडेल चयन भएका छन् ।

यस्तै, राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल पर्वतको अध्यक्षमा प्रकाश चन्द्र सुवेदी चयन भएका छन् । एशोसिएसनको उपाध्यक्षमा कृष्ण प्रसाद खनाल, सचिवमा मन्जु के.सी., कोषाध्यक्षमा दिनेश आले, सदस्यमा द्रोणा गिरी र सल्लाहकारमा डा. राम कृष्ण भुजेल चयन भएका छन् ।

यसैगरी, राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल म्याग्दीको अध्यक्षमा प्रेम प्रसाद गौतम, उपाध्यक्षमा सुवास परियार, सचिवमा सागर कुमार खड्का र कोषाध्यक्षमा गंगा देवी शर्मा, सदस्यहरुमा विनोद कुमार यादव, सन्जय कुमार यादव, नर बहादुर रोका र सल्लाहकारमा लक्ष्मण शर्मा चालिसे तथा दामोदर शर्मा चयन भएका छन् ।

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल मुस्ताङको अध्यक्षमा जनार्दन आचार्य, उपाध्यक्षमा राम प्रसाद रेग्मी, सचिवमा निशा चौधरी र कोषाध्यक्षमा कमला बलायर, सदस्यहरुमा शैलेस दहित, शम्शेर थारु, शारदा आचार्य र सल्लाहकारहरुमा डा. कमल राज अधिकारी तथा डा. कृष्टिना श्रीगणेश चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->