पोखरा / सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी हासिल गरेको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोलअन्तरले हराउँदै धरानले विजयी सुरुवात गरेको हो ।

(तस्विर ः फोटो पत्रकार वसन्त शेर्पा)
धरानले खेल सुरुभएको चौथो मिनेटमै गोलगर्दै अग्रता लियो । तेस्रो मिनेटमा सहाराका भगवत चौधरीले प्रकाश बुधाथोकीलाई लडाएपछि फ्रिकिको अवसर प्राप्त गरेको थियो ।
उक्त फ्रिकिक प्रकाशले नै प्रहार गर्दै सुन्दर गोल गरे । सेन्टरलाइन नजिकै सहाराका भगवतले फल गरेपछि धरानले फ्रिकिक प्राप्त गरेको थियो ।

(तस्विर ः फोटो पत्रकार वसन्त शेर्पा)
विक्रम धिमालको लामो फ्रिकिक डिएरियामा झरेको बललाई हेडर मार्फत क्लिय गर्नेक्रममा सहाराकै सुदिप गुरुङले नियन्त्रणमा लिने प्रयास गर्दा गल्ति गर्न पुगेका थिए ।
उनको गल्तिमा प्रकाशले बल लिने प्रयास गर्दा डिएरिया नजिकै भगवतले फल गरेपछि फ्रिकिको अवसर प्राप्त गरेको थियो ।
प्रकाशले पहिलो बार च्याप्दै सुन्दर गोल गरेका थिए । १० औं मिनेटमा सहाराले खेलमा फर्किने अवसर खेर फाल्यो ।
कप्तान सुशिल लामाको लो क्रसमा विक्रम सिंह ठकुरीले हेडर प्रहार गरेपनि पोष्ट नजिकैबाट बाहिरियो ।
२३ औं मिनेटमा अमिन लामाले अवसर खेर फाले । विक्रमले निकालिदिएको निकै आकर्षण पासलाई नियन्त्रणमा लिएपनि उनी अतालिदाँ प्रहार गर्न सकेनन् ।
२४ औं मिनेटमा धरानका प्रकाशको क्रसलाई विजु भुजेलले भेट्न नसक्दा अग्रता दोब्बर पार्नबाट चुक्यो ।
२९ औं मिनेटमा धरानका वर्तमानको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । पहिलो हाफमा थप गरिएको तिन मिनेटमा धरानका गोलरक्षक सौरभ बरालले फुत्काएको बलमा भगवतको प्रहार बाहिरिदाँ सहारा खेलमा फर्किन सकेन ।
दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको सहाराले केहि सुधारिएको खेल देखाएपनि फरवार्ड लाइनमा जम्न सकेन । ६९ औं मिनेटमा सहाराका अनिल गुरुको उत्कृष्ट प्रहारलाई धरानका गोलरक्षक सौरभले विपल पारे ।
यस्तै ७२ औं मिनेटमा सहाराले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । धरानका डिफेन्डर विट भइसकेको अवस्थामा मिडफिल्डर मुकुन्द न्युरेले वान भर्सेस वानमा गोल गर्न सकेनन् ।
पेनाल्टि एरियामा पाएको उक्त अवसरमा सौरभ बाधक बने । निर्धारित ९० मिनेटको खेल सकिएपछि थप गरिएको ६ मिनेटको अन्तिम समयमा सहाराले अन्तिम मौका पनि खेर फाल्यो ।
मुकुन्दको उत्कृष्ट क्रसपासमा अनिल गुरुङको हेडर बाहिरिदाँ सहाराको यात्रा समाप्त भएको हो ।






(तस्विर ः फोटो पत्रकार वसन्त शेर्पा)





